सुदूर नेपाललाई विश्वसँग जोड्दै

रथयात्रामा सुनको सिक्री थुत्ने र मोबाइल चोर्ने ५५ जना पक्राउ

२०७६ भदौ ८, ०६:३१ खबर संवाददाता

विराटनगरमा आयोजित राधाकृष्ण रथयात्रामा सुनको सिक्री थुत्ने र मोबाइल चोर्ने ५५ जना पक्राउ परेका छन्। कडा सुरक्षा व्यवस्थाका बीच सहभागीहरुको सिक्री तान्ने, मोबाइल चोरी गर्ने तथा  विभिन्न उच्छृङ्खल गतिविधिमा संलग्न रहेका ५५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्ने कार्य भइरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयले रथयात्रालाई मध्यनजर गर्दै  सादा पोशाकमा २ सय र पोशाकमा १५ सय गरी १७ सय प्रहरी परिचालन गरेको थियो। सुरक्षा व्यवस्था कडा पारिएका कारण उनीहरुलाई तत्काल पक्राउ गर्न सफल भएको डीएसपी खिउजुले बताए।
 

कमेन्ट लोड गर्नुस