सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिवार धनगढीमा तीन स्थानमा कपडा संकलन हुने

फाईल फोटो
फाईल फोटो
२०७६ भदौ ६, ०६:२८ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकका लागि कपडा संकलन गर्न धनगढीका चोकहरुमा भोली शनिवार पनि गाडी राखिने भएको छ। धनगढीको ट्राफिक चौराह, एनएन चोक र क्याम्पस चोकमा गाडी राखिने भएको हो। बिहान ८ बजे देखि १० बजे सम्म गाडी तीन चोकमा हुनेछन्। लगाउन मिल्ने लुगा–कपडाहरु कपडा बैंकबाट निःशुल्क वितरणका लागि संकलन गर्न लागिएको हो। धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाख लगानीमा कपडा बैंक स्थापना गरिएको थियो। कपडा बैंक विहान ८ देखि १० तथा साँझ ५ देखि ७ बजे सम्म खुल्ला रहने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस