सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज गौराको दोस्रो दिन

फोटो: डाक्टर टिएन जोशीको फेसवुकबाट
फोटो: डाक्टर टिएन जोशीको फेसवुकबाट
२०७६ भदौ ४, ०६:५७ खबर संवाददाता

आज भाद्र कृष्ण षष्ठी तिथि, सुदूरपश्चिमेलीहरूको मौलिक सस्कृतीसंग जोडिएको गौरा पर्वको दोस्रो दिन। हिजो पञ्चमीका दिन बिधिवत् भिजाइएका पञ्च बिरूडालाई आज ब्रतालु नारीहरूले गाउँकै पबित्र जलासयमा एकत्रित भई फाग, माङल गाउँदै बिरूडा पखाल्ने चलन रहेको छ। कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीका अनुसार आजै गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनस्थित तुलसी मठमा एकत्रित भईस्थानिय बनस्पतिको पूजाअर्चना गर्ने चलन समेत रहेको छ। 

गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। 

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ।
 

कमेन्ट लोड गर्नुस