सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरासंगै फेरी आए गिरिराज

२०७६ भदौ ३, ०४:५७ खबर संवाददाता

गौरा पर्व सुरु भएको छ। गौरा सुरु भएसँगै कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ६ का गिरिराज अबस्थी पनि फेरी गाउँबाट शहर फर्किएका छन्। दिनेश एफएममा विगत १० बर्षदेखि गौरा पर्व सुरुभएसंगै आफ्ना गौरा गीत र फाग गाउन पुग्दै आएका उनी यो बर्ष पनि मंगलवार कार्यालयमा पुगे र गीत गाएर फर्किए।

जोरायल सरस्वतीनगर जन्मघर भएका अवस्थीले गौराका गीत संकलन गर्न र गाउन थालेको पनि ५१ वर्ष पुगिसकेको छ। ६९ वर्षका उनले गौराका गीत गाउन र संकलन गर्न भने १६ बर्षको उमेरदेखि नै सुरु गरिसकेका थिए।

सुदूरपश्चिमको मौलीक पर्वको रुपमा रहेको गौराको पुस्तान्तरणमा देखिएको समस्याले भने उनलाई पनि चिन्तित बनाएको छ। युवा पुस्तालाई फाग, माङ्गलका विषयमा चाँसो नै नहुँदा गौराको सम्वद्र्धनका लागि सक्रिय अवस्थीलाई चिन्तित बनाएको हो।

उनका अनुसार फाग एउटा गीत जस्तै हो तर त्यसले डोटेली संस्कृतीलाई बोकेको हुन्छ भने गाउने लय पनि भिन्न हुन्छ। उनका अनुसार गौरा पर्वमा गाईने फागमा शिव र पार्वतीको वार्तालापलाई समेटिएको छ भने उनीहरु बीचको प्रेम पनि फागमा अटाएको छ।
 

कमेन्ट लोड गर्नुस