सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा इन्स्पेक्टर दर्शन खड्का ‘भदौ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

२०८३ असोज १, ०२:४० खबर संवाददाता

कञ्चनपुर: वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्का २०८३ साल भाद्र महिनाको 'उत्कृष्ट प्रहरी' घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खड्कालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसा पत्रसहित सम्मान गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रहरी निरीक्षक खड्कालाई कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहमा गरेको योगदानका आधारमा भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कमेन्ट लोड गर्नुस