सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एसईईको पुरक परिक्षा दिने नक्कली परिक्षार्थी पक्राउ

२०७६ भदौ ३, ०४:१९ खबर संवाददाता

प्रहरीले कञ्चनपुरमा अर्काको नाममा एसईईको पूरक परिक्षा दिने नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ। जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयमा अनिता धामीको नामबाट परिक्षा दिने वेदकोट नगरपालिकाकी लक्ष्मी धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक कृष्णानन्द भट्टले धामीलाई गणित विषयको पूरक परिक्षा दिने क्रममा पक्राउ गरिएको बताए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको भट्टले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस