सुदूर नेपाललाई विश्वसँग जोड्दै

५० पदका लागि ४० करोड रुपैयाँ खर्च

२०७६ भदौ ३, ०२:४५ खबर संवाददाता

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपचुनावमा ५ सय ५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ। आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र  वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त चुनावमा करिब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन्। करिब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको यो चुनावका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ। चुनावको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले जानकारी बताए।

कमेन्ट लोड गर्नुस