सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोग्राफी दिवसको अवसरमा धनगढीमा शुभकामना आदानप्रदान

२०७६ भदौ २, ०६:४६ खबर संवाददाता

१८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा धनगढीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रदेश सभा सदस्य तथा काग्रेस संसदिय दलका नेता डाक्टर रणबहादुर रावल, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद, पूर्व अध्यक्ष भरत शाह, नाटा सुदूरपश्चिम अध्यक्ष मायाप्रकाश भट्ट, प्रेस यूनियन कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल फोटो पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष विरेन्द्र भउडारी लगायतको सहभागिता रहेको थियो। नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष विवेक नागरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष विरेन्द्र भण्डारीलाई सम्मान पनि गरिएको कोषाध्यक्ष गगन अयडीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस