सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजयी सुरुवात

२०७६ भदौ २, ०७:५३ खबर संवाददाता

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गेटाफेविरुद्ध एक शून्यको संघर्षपूर्ण जित निकाल्यो। दुई जना खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटाको एकमात्र गोल निर्णायक बन्यो। निकै फल भएको खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। 

३८ औं मिनेटमा गेटाफेका जोर्ग मोलिन भिडेइले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो। तर त्यसको चार मिनेटपछि एट्लेटिको पनि १० खेलाडीमा नै र्झयो। उसका रेनन लोडी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। पुरै खेलमा ५ उत्कृष्ट प्रहार गरे पनि एट्लेटिकोले एक गोल मात्र गर्न सक्यो। यता गेटाफेले ६ वटा सट पोष्ट नजिक प्रहार गरे पनि फ्रेममा परेन। लिगको पहिलो खेलमा जित निकालेपछि एट्लेटिकोले तीन अंक बटुलेको छ।

कमेन्ट लोड गर्नुस