सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा २२० मत खस्यो, मतगणनाको तयारी

२०८२ माघ ११, ०४:२४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज भएको मतदानमा २२० मत खसेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालले सुदूरपश्चिम प्रदेशका ४९ जना सदस्य र १७१ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेको जनाएको छ । कार्यालयका अनुसार नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा र राप्रपाकी प्रदेश सभा सदस्य खेमा विष्ट मतदानमा सहभागी भएनन् भने स्थानीय तहतर्फ धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरियाले मतदान गरेनन् । जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत नखसेको हो ।

महिलातर्फ एक र अन्यमा एक गरी दुई जना सदस्यका लागि भइरहेको निर्वाचनमा ४ जना उम्मेदवार छन् ।  नेपाली कांग्रेस र एमालेको गठबन्धनमा महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रोजी बस्नेत उम्मेदवार छन‍् । अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशी उम्मेदवार छन् ।

मतदान शन्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सकिए लगत्तै मत गणनाको तयारी भइरहेको छ । तत्कालीन नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य शारदा भट्ट र तारामान स्वारको समयाबधि सकिएपछि निर्वाचन हुन लागेको छ ।

कमेन्ट लोड गर्नुस