सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्महत्या अघि पत्रकार पुडासैनीको भिडियो सार्वजनिक, रवि लामिछानेले मर्न बाध्य पारेको आरोप

२०७६ साउन २९, ०६:३१ खबर संवाददाता

दुई साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ। उनी आफैँले रेकर्ड गरेको भिडियोमा पुडासैनीले पत्रकार रवि लामिछाने उनको टीमले मर्न बाध्य बनाएको आरोप लगाएका छन्।

एक युवतीलाई अघि सारेर रवि लगायतले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन्। आफू न्युज ट्वेन्टी फोर टेलिभिजन छाड्ने मनस्थितिमा पुगेपछि युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग  भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा बोलेका छन्।

उनले आफू धेरै समयअघिदेखि नै डिप्रेसनमा रहेको आरोप पनि लगाएका छन्। रवि लामिछानेले आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस