सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गाईजात्रा हुने, मनोज गजुरेल आउँदै

२०७६ साउन २७, ०४:५५ खबर संवाददाता

हरेक वर्ष काठमाडौँमा मनाईदै आएको गाईजात्रा अब सातवटै प्रदेशमा हुने भएको छ। चर्चित कलाकार मनोज गजुरेल सहितका हाँस्य कलाकारले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि गाई जात्राको अवसरमा विशेष हाँस्य हाँस्यव्यङ्ग्य कार्यक्रम गर्ने भएका छन्।

उक्त कार्यक्रमका लागि गजुरेलको नेतृत्वमा ११ जना कलाकारले विशेष समूह बनाएका छन्।  गजुरेलको नेतृत्वमा रहेको उक्त समूहमा हाँस्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुरेन्द्री केसी (मुला साग), सन्ध्या बुढा (काउली बुढी), शैलेन्द्र सिंखडा, रवी डंगोल,  सुवोध गौतम, पूर्ण थापा, यमन श्रेष्ठ,  सुमन कार्की र रुविना अधिकारी रहेका छन्।  

उनीहरुको समूहले भदौँ १ गते काठमाडौँ सहित धनगढी, हेटौडा, बुटवल, सुर्खेत र पोखरामा गाईजात्राको अवसरमा हाँस्य व्यङग्य कार्यक्रम आयोजना गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस