सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

२०७६ साउन २३, ०५:५८ खबर संवाददाता

नेपालमा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। दुई पटकको च्याम्पियन नेपाल समूह ए मा रहेको छ। नेपालले दोस्रो खेल माल्दिभ्ससँग खेल्ने भएको छ। यस्तै समूहको तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी भुटान रहेको छ। समूहको शीर्ष स्थानमा रहने दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।

यहि प्रतियोगिताका लागि नेपाली युवा टिमले केही दिन अगाडिबाट तयारी सुरु गरेको थियो भने पहिलो चरणका खेलाडी पनि केहि दिन अगाडि मात्र बोलाएको थियो।

कमेन्ट लोड गर्नुस