सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय पुर्वविदेशमन्त्री स्वराजको अन्त्येष्टि

। फोटो स्रोत ।
२०७६ साउन २२, ०५:३८ खबर संवाददाता

भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा पूर्व विदेश मन्त्री सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।  बुधबार न्यू दिल्लीको लोधी रोडमा रहेको विद्युतीय शवदाह गृहमा स्वराजको अन्तिम संस्कार गरिएको हो। अन्तिम संस्कारको सम्पूर्ण काम छोरी बाँसुरी स्वराजले गरेको थियो। 

अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए। यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो। भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति  निधन भएको थियो।
 

कमेन्ट लोड गर्नुस