मंसिरमै कांग्रेसको महाधिवेशन गर्न देउवा सहमत
काठमाडौँ: नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका तय गर्न सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच नेताहरू संगको छलफलपछि लगभग सहमति जुटेको छ। पुसको अन्तिम साताभित्र नियमित महाधिवेशन गर्ने प्रस्तावमा अधिकांश नेता सहमत भए पनि पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यसमा तयार छैनन्।
शनिबार देउवा निवासमा भएको छलफलमा सभापति देउवाले आफूले मंसिरमै महाधिवेशन गर्न चाहेको पुनः स्पष्ट पारे। त्यसैका लागि आफूले असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको र विधानअनुसार मंसिरभित्र नै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा उनले राखेको सहभागी नेताहरूले बताएका छन्।
देउवाले पार्टीको विधानअनुसार समय नथपिने भएकाले नियमित महाधिवेशन मंसिरमै गर्नुपर्ने प्रसंग उठाउँदै, आफू नेतृत्व छोड्न तयार हुँदा पनि रोकावट किन भइरहेको हो भन्ने गुनासो राखेको स्रोतले जनाएको छ।