रकम खर्च नगरी नेकपाको सभामा धेरै मान्छे आएः प्रचण्ड
धनगढीः सुदूरपश्चिको धनगढीमा शुक्रबार नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा आयोजना गरेको छ।
उक्त सभामा सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति कम हुने पो हो कि भन्ने आफूहरूलाई शंका लागेको बताए।
यसअघि आज जस्ता सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको प्रचण्डको भनाइ छ। उनले यो पटक रकम खर्च नगरी सभामा धेरै मान्छे आएको टिप्पणी गरेका छन्।
‘आज हामीलाई कता–कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो । तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौँ। बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्यून हुने हो कि भन्ने चिन्ता थियो। अर्कोतिर
सुरक्षा व्यवस्था एक दुई दिन अघिमात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुरा हामीले सामाजिक सञ्जालबाट हेरिरहेका थियौँ,' उनले भने, 'सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो। तर यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो।
नेता प्रचण्डले सभामा धेरै मान्छे आउनुमा नेता भीम रावललगायतको मेहनतले काम गरेको बताएका छन्।
उनले सुदूरपश्चिमको विकासका लागि विगतमा झै आफ्नो पार्टीले काम गर्ने बताएका छन्।
१५ वटा कम्युनिष्ट घटक एकै ठाउँमा आउने ऐतिहासिक घटनाको चर्चा गर्दै वृहत वाम एकता हुनुपर्ने बताएका छन्। उनले वाम एकता गर्न आफ्नो ध्यान एमालेतर्फ पनि रहेको बताएका छन्। नेकपालाई सबै अट्न सक्ने पार्टी बनाइएको बताएका छन्। उनले कम्युनिष्ट पार्टीमा पुच्छरको आवश्यकता नरहेको बताएका छन्।