धनगढी-७ र १० नं. वडामा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने
धनगढीः धनगढी उपमहानगरपालिका–७ र १० नं. वडा कार्यालय र कञ्चन डेन्टल केयरको सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविर तथा दन्त–स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिने भएको छ।
कञ्चन डेन्टल केयरका डेन्टल सर्जन डा. विवेक झाका अनुसार मंसिर २ गते, वडा नं. ७ को कार्यालय परिसरमा, बिहान ११ बजेदेखि र मंसिर ४ गते शहरी सवास्थ्य केन्द्र घुइयाँघाटमा विहान १० बजेदेखि शिविर सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागीले दन्त परीक्षण, आवश्यक परामर्श तथा मौखिक स्वास्थ्यसम्बन्धी जानकारी निःशुल्क रूपमा पाउने डाक्टर झाले जानकारी दिएका छन्। आयोजकले समुदायमा दन्त समस्या बढ्दै गएको र प्रारम्भिक उपचार तथा सचेतना अभाव देखिएकाले स्थानीय बासिन्दालाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको जनाएको छ।
शिविरमा दन्त विशेषज्ञहरूले प्रत्यक्ष सेवा प्रदान गर्ने भएकाले सबै जनालाई उक्त स्वास्थ्य शिविरको लाभ लिन आग्रह गरिएको छ। शिविरको व्यवस्थापन धनगढी अस्पताल लाईनमा रहेको कञ्चन डेन्टल केयरले गर्ने छ।