डोटीका सिडिओ जोशीसहित सुदूरपश्चिमबाट पाँच उपसचिवको सरुवा
धनगढीः गृह मन्त्रालयले सह-सचिव र उपसचिव गरी ५८ जनाको सरुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उक्त निर्णय गरेका छन्। अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गरेका हुन्।
डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएको छ। जोशीको जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा भएको हो। उनको स्थानमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट कल्पना घिमिरे नेपाललाई पठाइएको छ। यस्तै डोटीकै सहायक प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएको छ।
इलाका प्रशासन कार्यालय टीकापुरका उपसचिव कृष्ण थापाको पनि सरुवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय बैतडीमा सरुवा भएको हो। उनका स्थानमा गृह मन्त्रालयकाबाट उपसचिव तारानाथ पनेरुलाई पठाइएको छ।
यस्तै, अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको पनि सरुवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय सुनसरी सरुवा गरिएको हो।