सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पौडेल नियुक्त

। फोटो स्रोत ।
२०७६ साउन १९, ०२:४६ खबर संवाददाता

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन्। त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई शनिबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर उडनुअघि नियुक्ति दिएका हुन्। सेवा आयोगका सदस्यमा प्राध्यापक डा। हेमराज ढकाल नियुक्त भएका छन्। उनी शिक्षा शास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन्।

शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय सिफारिस समितिले पौडेल र ढकालको नाम सिफारिश गरेको थियो।
 

कमेन्ट लोड गर्नुस