सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका मोटर पार्ट र अवैध माछा बरामद

२०८२ कार्तिक १९, ०८:३५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका मोटर पार्ट र अवैध माछा बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–५ मदनचोक र पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामानहरू नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार एक लाख ४१ हजार बराबरको मोटर पार्ट, गियर बक्स, किट सर्किट गियर, वेरिङ, अनचेल्ड, माछा लगायतका विभिन्न वस्तुहरू रहेका छन्। उक्त सामान र माछालाई आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस