सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कुलदिप राईको सम्झनामा श्रद्धञ्जली सभा

२०७६ साउन १७, ०७:१९ खबर संवाददाता

धनगढीमा संगितकार तथा शिक्षक कुलदिप राईको सम्झनामा श्रद्धञ्जली सभा गरिएको छ। सुदूरपश्चिम कला प्रतिष्ठानको आयोजनामा श्रद्धञ्जली सभा गरिएको हो। कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीको समाजमा राईको महत्वपूर्ण योगदान रहेको बताए। 

संगितकार तथा शिक्षक राईले आफ्नो जिवनको महत्वपूर्ण समयमा धनगढीमा बिताएको बताउदै नगरप्रमुख वडले शिक्षा र संगित क्षेत्रको विकासमा उनको योगदान रहेको बताए। दार्जलिङमा जन्मेका राईले लामो समय धनगढीमा शिक्षण गरेका थिए। एक महिना पहिले मात्रै उनको दार्जलिङमा निधन भएको थियो।  

कमेन्ट लोड गर्नुस