सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा रहेकालाई स्वदेश फर्काउन अभियान चलाउनुपर्छ : नेता नेपाल

। फोटो स्रोत ।
२०७६ साउन १७, ०५:०९

नेपाल कम्युनिष्ट नेकपा नेता माधव कुमार नेपालले विदेश गएका युवा जनशक्तिलाई स्वदेश फर्काउनका लागि विशेष अभियान चलाउनु पर्ने बताएका छन्। शुक्रबार काठमाण्डौंमा समता फाउण्डेशनले गरेको एक कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने भन्दै विदेशमा रहेकालाई फर्काउन अभियान चलाउनु पर्ने बताए।

यस्तै उक्त कार्यक्रममा सहभागी नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्नेतर्फ पहल नै नगरेको  आरोप लगाइन्। विदेश गएका युवाहरुलाई फर्काउने बहस चलिरहे पनि सरकारको शैली त्यसको उल्टो भएको भन्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भएको समेत बताइन्।

यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सात दशकअघि नै नेपाल अन्तराष्ट्रिय श्रम अधिकार सम्बन्धी सम्झौताको पक्ष राष्ट्र  बने पनि कामदारको समस्या उस्तै भएको भन्दै कामको सम्मान हुने अवस्थाको सृजना गर्न सरकारलाई सुझाव दिए।

कमेन्ट लोड गर्नुस