सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुवै अध्यक्षले इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बन्यो : नेता नेपाल

। फोटो स्रोत ।
२०७६ साउन १७, १२:३८

नेकपाका नेता माधवकुमार नेपालले दुवै अध्यक्षले एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाएका छन्। शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेकपाको एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको बताउंदै उनले भने, ‘जहाँ चाह त्यहाँ राह। इच्छाशक्ति नै छैन त कसरी हुन्छ?’ 

एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए। विधि–विधान अनुसार पार्टीलाई अगाडि बढाउन सके समस्याहरु स्वतः समाधान भएर एकता प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गर्दै पार्टी भित्र हुने विवादहरुलाई सामान्यीकरण गर्न तत्पर रहनुपर्ने भन्दै एकता प्रक्रिया कुनै अनौठो कुरा नभएको र चाँडै टुंगो लगाउन सकिने बताए।

अहिले सरकारको काम कारवाहीलाइ पार्टीभित्र पनि छलफल गर्नुपर्ने औंल्याएका छन्। छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ। 

कमेन्ट लोड गर्नुस