सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियाको ग्रेस रोड चर्चकी संस्थापकलाई ६ वर्षको जेल सजाय तोकियो

। फोटो स्रोत ।
२०७६ साउन १६, ०५:५९

दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई ६ वर्षको जेल सजाय तोकिएको छ। ग्रेस रोड चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी थिइन्। फिजी पुर्याइएपछि उनीहरुलाई बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको थियो। बन्धक बनाइएका ४०० मध्ये सबैको पासपोर्ट खोसेर राखिएको थियो भने तीमध्ये केहीले आत्मा भगाउने भन्दै कुटपिट गरिएकोसमेत उजुरी गरेका थिए। 

यसै सम्बन्धमा शिनलाई गएको जुलाई महिनामा पक्राउ गरिएको थियो। ग्रेस रोड चर्चको अमानवीय व्यवहारबाट फुत्किन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेको बीबीसीले जनाएको छ।

सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्दाहरुमा दोषी ठहर्याएको थियो। ‘पीडितहरुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको र शारीरिकका साथै मानसिक डर त्रास र यातना दिइएको पाइयो’, दक्षिण कोरियाको सुवन जिल्ला अदालतको उप अदालतले भनेको छ।

उप अदालतले अगाडि भनेको छ, ‘धर्मको नाउँमा गरिएको गैरकानुनी कारबाहीबापत कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ चर्चकी संस्थापक शिनसँगै चर्चका अन्य पाँचजना अधिकारीहरुलाई पनि सजाय सुनाइएको छ, भने यसबारेमा चर्चले कुनै आधिकारिका धारणा वा प्रतिक्रिया सार्वजनिक गरेको छैन्।

कमेन्ट लोड गर्नुस