सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेवारिसे अवस्थामा राखिएको बमसँग बस ठोक्किँदा ३२ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १५, ०२:५९

अफगानिस्तानमा एक यात्रुवाहक बस बेवारिसे अवस्थामा राखिएको बमसँग ठोक्किँदा  कम्तीमा ३२ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै रहेका छन्। यात्रुवाहक बस कान्दहार–हेरत राजमार्गमा दुर्घटनाग्रस्त हुँदा अन्य १७ जना घाइते भएका छन्। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले सडक किनारामा तालिबान समूहले बम राखेको बताए।

मारिनेमा सबै सर्वसाधारण रहेको र मृतकको संख्या अझै बढ्न सक्ने फराह गभर्नरका प्रवक्ता फरुक बरकजाईले भने। घटनाको पछाडि कसको संलग्नता रहेको छ, यस बारेमा पुष्टि भैसकेको छैन्। तालिवान विद्रोहीहरुले यस क्षेत्रमा सरकारी अधिकारी र सुरक्षा बललाई लक्षित गरेर सडक किनारामा बमको प्रयोग गर्दै आइरहेका छन्। 

संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको क्रममा सन् २०१९ को पहिलो ६ महिनामा एक हजारभन्दा बढी सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
 

कमेन्ट लोड गर्नुस