सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्लास्टिकबाट इँटा बनाउने कारखाना निर्माण

। फोटो स्रोत ।
२०७६ साउन १५, ०१:५७

पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गरिने भएको छ। संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको हो। बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाबाट उत्पादित इँटा स्कुल निर्माणमा प्रयोग गरिने जानकारी दिए। प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ।

राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले आइभरीकोस्टमा बालबालिकाका लागि १५ हजार कक्षाकोठाको अभाव रहेको बताउँदै नयाँ योजनाले विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गरे। उनले भने–‘यो नवीन साझेदारीबाट आगामी दुई वषर््भित्रै २५ हजारभन्दा बढी बालबालिकाका लागि पाँच सय कक्षाकोठा निर्माण हुनेछन्।’ 

बालकोषका कार्यकारी निर्देशक हेररिता फोरले पनि एक वक्तव्य प्रकाशन गरी अफ्रिकी बालबालिका र समुदायले सामना गर्नुपरेका चुनौती ठूलो रहेको बताइन्। बालकोषले कोलम्बियाली सामाजिक संस्था कोन्सेप्टोस प्लास्टिकोससँगको साझेदारीमा आइभरीकोस्टको राजधानी अबिजानमा यो कारखाना स्थापना हुन लागेको र कारखानाको निर्माणकार्य यसै वर्षको अन्त्यसम्ममा पूरा हुने जनाइएको छ।

बालकोषकाअनुसार एक वर्षमा कारखानाबाट ९ हजार ६०० टन प्लास्टिकजन्य फोहोर प्रशोधन हुनेछ। यसअघि, नमुनकारुपमा कोलम्बियामा निर्माण गरिएका प्लास्टिक इँटाबाट गोन्जाभिल्ले, डिभो र टोउमोडीमा ९ ओटा कक्षाकोठा बनाइएको छ। नमुना परीक्षणमा प्लास्टिकका इँटाको प्रयोग निकै सफल भएको बालकोषले जनाएको छ। रासस 
 

कमेन्ट लोड गर्नुस