सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१५ फुटबल प्रतियोगिता भारतमा हुने

। फोटो स्रोत ।
२०७६ साउन १४, ०४:१७

साफ यू–१५ फुटबल प्रतियोगिता भारतमा हुने भएको छ। भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा भदौको चार गतेदेखि प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। २०१८ को उप–विजेता पाकिस्तानले यस पटक यो प्रतियोगिता नखेल्ने जनाएको छ। समूह चरणको नतिजाका आधारमा शीर्ष २ टिमकाबीचमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा नेपाल र भारत खेल्नेछन् भने प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ।

उद्घाटनकै दिनको दोस्रो खेल श्रीलंका र भुटानबीच हुनेछ। यसैगरी भदौ ६ गते नेपाल र श्रीलंका तथा भुटान र बंगलादेशले पनि खेल्नेछन्। भदौ आठ गते भने नेपालको कुनै पनि खेल छैन। त्यस दिन बंगलादेश र श्रीलंका तथा भारत र भुटानबीच खेल हुनेछन्। भदौ १० गते नेपाल र बंगलादेश तथा भारत र श्रीलंकाले खेल्नेछन्।

समूह चरणको अन्तिम खेलमा भदौ १२ गते नेपालले भुटानसँग तथा बंगलादेशले र भारतसँग खेल्नेछन्। गएको वर्ष काठमाण्डौमा भएको यू–१५ साफ फुटबलमा नेपाल चौथो भएको थियो। यसपटकको प्रतियोगिताका लागि नेपाली टिमले तयारी सुरु गरिसकेको छ।

कमेन्ट लोड गर्नुस