कम्प्युटर एसोसिएसन नेपालद्धारा कैलालीका सरकारी कार्यालयहरूलाई कम्प्युटर सामग्री सहयोग
धनगढी: कम्प्युटर एसोसिएसन नेपाल, कैलाली शाखाले जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूलाई कम्प्युटर सामग्री सहयोग गरेको छ।
सहयोग सामग्री उपलब्ध गराउन मालिका कम्प्युटर, क्याम्पस रोड, उग्रतारा कम्प्युटर, रातोपुल, गड्तोला कम्प्युटर, अत्तरिया र धनगढी, सस्कारिका कम्प्युटर, सहिदगेट, एस कम्प्युटर, रातोपुल, दिपेश इन्फोसिस, मेन रोड, इन्टेल कम्प्युटर, मेन रोड, माइक्रोटेक प्रिन्टिङ हाउस, एलएन चोक, एडमिन कम्प्युटर, क्याम्पस रोड, देवी भगवती कम्प्युटर तालिम,लालपुर, एनएस इन्फोसिस,चौराहालगायतले सामग्री सहयोग गरेका हुन्।
सहयोग जुटाउन व्यवसायीहरू राजेन्द्र बिष्ट, ईन्द्र साउँद र आदित्य कम्प्युटरका गुरु दाहालले कम्प्युटर व्यवसायीहरूसँग समन्वय गरेका थिए।
एसोसिएसनका तर्फबाट जिल्ला प्रशासन कार्यालय, कैलालीलाई दुई/दुई थान कम्प्युटर र मोनिटर प्रदान गरिएको छ। यस्तै, दुई थान, इप्सन प्रिन्टर, इप्सनकै नागरिकता प्रिन्टर एक थान, इन्भर्टर ब्याट्री दुई थान र इन्भर्टर एक थान प्रदान गरिएको व्यवसायी वीरेन्द्रप्रसाद भट्टराईले बताए।
यसैगरी कैलाली जिल्ला अदालतलाई कम्प्युटर एक थान, स्क्यानर एक थान र प्रिन्टर एक थान हस्तान्तरण गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयलाई कम्प्युटर एक थान र क्यानन प्रिन्टर एक थान सहयोग गरिएको छ भने कैलाली जिल्ला कारागारलाई ४३ इन्च स्मार्ट टिभी एक थान र पेन्टम फोटोकपी एक थान उपलब्ध गराइएको छ।
कम्प्युटर एसोसिएसन कैलाली शाखाले आगामी दिनमा पनि सूचना प्रविधि क्षेत्रको विकास र सरकारी सेवाको प्रभावकारिताका लागि यस्तै सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।