सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलोक मल्टी कन्सर्न प्रालिको सहयोगी भावना : सरकारी कार्यालयलाई फर्निचर उपलब्ध गराउने

२०८२ भदौ ३०, ०४:०० खबर संवाददाता

धनगढी: हालै सम्पन्न जेन्जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरू क्षतिग्रस्त भई सेवा सञ्चालनमा कठिनाइ आएको अवस्थामा धनगढी–४, चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिले सहयोगी हात अघि बढाएको छ।

यसअघि आगलागीबाट ठूलो क्षति बेहोरेको अनुभव सुनाउँदै कम्पनीले जनसमुदाय, व्यवसायी तथा उद्योग–व्यवसाय संघसहित विभिन्न पक्षबाट प्राप्त सहयोगका कारण पुनः सञ्चालनमा फर्कन सफल भएको स्मरण गरेको छ। त्यही सहयोगी भावनाको कदर गर्दै यसपटक कम्पनीले सुदूरपश्चिमभरिका सरकारी कार्यालयलाई सहज सञ्चालनका लागि आवश्यक फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो।

कम्पनीले आगलागी वा क्षति भएका तर सम्पर्कमा आउन नसकेका कार्यालयलाई पनि यसै सूचनाको आधारमा सम्पर्क गर्न आग्रह गरेको छ।

“समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने अठोटलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सहकार्यका कार्यक्रमलाई अघि बढाइनेछ,” कम्पनीले जनाएको छ।

कमेन्ट लोड गर्नुस