सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकी प्रदेशका ४ जिल्लाबाट झन्डै १२ सय कैदी भागे

२०८२ भदौ २५, ०३:४२ खबर संवाददाता

पोखरा: गण्डकी प्रदेशका ४ जिल्लाबाट झन्डै १२ सय कैदी भागेका छन्। कास्की, तनहुँ, म्याग्दी र पर्वत कारागारबाट कैदीबन्दी भागेका हुन्।

जेन–जी समूहको प्रर्दशनकारीको तोडफोडसँगै काराभित्रै रहेको कैदीबन्दीले प्रदर्शन गरेपछि कारागारबाट उनीहरु भाग्न सफल भएका हुन्। कास्की कारागारका प्रशासन प्रमुख राजेन्द्र शर्माकाका अनुसार ७७३ कैदीबन्दी भागेका हुन्। तीमध्य ३५ जना महिला रहेका उनले बताए। कास्कीमा लमजुङकासमेत कैदीबन्दी थिए।

तनहुँबाट ३२६ जना कैदीबन्दी भागेका छन्। भागेका कैदीबन्दी २० जना महिला रहेको कारागारका निमित्त प्रमुख पूर्ण राउतले बताए। तनहुँमा पनि लमजुङका महिला कैदीबन्दी थिए। ‘बाहिरबाट तोडफोड हुन थाल्यो भित्र पनि कैदीबन्दीले टायर बालेर विरोध प्रर्दशन गर्दै भागे’, उनले भने।

म्याग्दी कारागारका ८८ जनामध्य ७२ जना भागेका थिए। भागेका मध्य २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। कास्की कारागारबाट भागेका १ जनालाई पनि म्याग्दी प्रहरीले समातेको हो। पर्वतबाट पनि १९ जना भागेका छन्। पर्वत कारागारमा ९९ जना कैदीबन्दी छन्।

 

कमेन्ट लोड गर्नुस