डोटीको सायल गाउँपालिकामा स्वास्थ्य संस्थाहरूको समिक्षा कार्यक्रम सम्पन्न
डोटीः डोटीको सायल गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य संस्थाहरूको २ दिने वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
समिक्षा कार्यक्रम स्वास्थ्य सेवा प्रवाहको अवस्था, उपलब्धी र चुनौतीहरूबारे समिक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहको लक्ष्यसहित आयोजना गरिएको हो। आर्थिक वर्ष २०८१÷८२ को समिक्षामा खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, ओपीडी सेवा, गाउँघर क्लिनिक, आकस्मिक सेवा लगायतका १९ वटा प्रमुख स्वास्थ्य सेवा सम्बन्धी तथ्यांक प्रस्तुत गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवाहरूको मूल्याङ्कन गरिएको थियो भने प्राप्त अनुभव र सिकाइको आधारमा आगामी योजनाको खाका कोरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्म सिंह बमले गाउँपालिकाका १ देखि ६ वटै वडामा रहेका आमा समूहहरूसँगको सहकार्यमा सरुवा तथा नसर्ने रोगको पहिचान र जनचेतना अभिवृद्धिमा गरिएको कामको बारेमा जानकारी दिए।
उनले समुदायमै पुगेर सेवा प्रदान गर्ने अभ्यासलाई अझ सशक्त बनाउनेतर्फ समेत जोड दिए। कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोख्रेलले सायल गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले देखाएको प्रतिबद्धता र असल अभ्यासहरूको प्रशंसा गर्दै केही कमी–कमजोरी हटाउँदै सेवा प्रवाहमा अझै गुणस्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सभाध्यक्षता सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओलीले गरेक िथिईन्। उनले जनस्वास्थ्य सेवा अत्यन्त संवेदनशील र जटिल प्रकृतिको हुने भएकाले अझ बढी निष्ठा र जिम्मेवारीपूर्वक काम गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिन्। स्वास्थ्य इन्चार्ज रघु सुनारले कार्यक्रमको सहजीकरण गर्दै समिक्षामा सहभागी सबैलाई स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि सहकार्य र साझा उत्तरदायित्व आवश्यक रहेको धारणा राखे। उक्त कार्यक्रमको सहजीकरण सायल गाउँपालिका वडा नम्बर ३ का स्वास्थ्य इन्चार्ज रघु सुनारले गरेका थिए।