सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको महत्वकांक्षी चन्द्रयान–२ आज चन्द्रमामा पठाइदै

। फोटो स्रोत ।
२०७६ साउन ६, ०२:०४

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को महत्वकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाइने भएको छ। नेपाली समय अनुसार दिउँसो ३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिने छ। जसका लागि सबै तयारी पूरा भएको आईएसआरओले जनाएको छ।

चन्द्रमामा पठाउन लागिएको यानले चन्द्रमाको थप अनुसन्धान गर्ने बताइएको छ। चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाउन लागेको हो। झण्डै एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो। तर सोमबार पठाउन लागिएको यानमा सुधार गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आईएसआरओले जनाएको छ। यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा अन्तरिक्ष यान पठाइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस