सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गोठमा मच्छर भगाउन बालेको आगोबाट आगलागी, लाखौँको क्षति

२०८२ साउन १२, ०३:२७ खबर संवाददाता

कैलालीः कैलालीको जोशीपुर गाउँपालिका–१ लक्कडमण्डीमा आइतवार राति आगलागी हुँदा एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

राति साढे १२ बजे धन बहादुर बोहराको गाईगोठमा अचानक आगो लाग्दा गोठसहित गोरू बस्तु र सामग्री जलेर नष्ट भएका हुन्।

४८ वर्षीय बोहराको घर नजिकै रहेको गोठमा मच्छर भगाउन बालेको आगोबाट एक्कासि आगलागी भएको प्रहरीले बताएको। आगलागीका कारण गोठभित्र रहेका दुईमध्ये एक बोका जलेर मृत भएको छ भने अर्को बोका र गाई घाइते भएका छन्।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस