सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुविधा सम्पन्न सिनेमा हल

२०७६ साउन ३, ०५:१३ खबर संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा ल्याईएको छ। केही बर्षदेखि बन्द रहेको चन्दन टाकीजमै नयाँ प्रविधि र स्तरीय सेवा सहित एसटिएस सिनेमा हल सञ्चालनमा ल्याईएको हो। झण्डै २० करोड रुपैयाँ भन्दा बढी खर्च गरी स्तरीय सिनेमा हल सञ्चालनमा आएको हो। हलको औपचारिक उद्धघाटन भने शनिवार मात्रै हुने छ। वातानुकूलित हलमा थ्री डी प्रविधिबाट सिनेमा देखाइने हलका व्यवस्थापक अभय सिंहले बताए। हलमा डिजिटल प्रविधिका प्रोजेक्टर, स्टिल मनिटर, चिया तथा कोक स्ट्यान्ड सहितका कुर्सी, भिआइपी तथा डिलक्स कुर्सी राखिएको उनले बताए। 

‘टिकट शुल्क पाँच सय र तीन सय राखिएको छ,’ उनले भने ‘अव सुदूरपश्चिमका चलचित्र पारखीले पनि नेपालकै दोश्रो ठुलो पर्दामा सिनेमा हेर्न पाउने भएका छन्।’ चार सय २ जनाले एकै पटक चलचित्र हेर्ने व्यवस्था हलमा गरिएको छ। एसि, आरमदायी सिट, धुम्रपान निषेध र आधुनीक प्रविधीयुक्त अन्य उपकरण सहितको सिनेमा हल सञ्चालन भएपछि अव फिल्म हेर्न दर्शकहरु बढ्ने अनुमान पनि गरिएको छ। 

यसअघि सुदूरपश्चिममा एउटा पनि स्तरीय सिनेमा हल नहुँदा सिनेमाका पारखीहरु चलचित्र हेर्नबाट बञ्चित हुँदै गएका थिए। स्तरीय हल नहुँदा चलचित्र हेर्नकै लागि नेपालगञ्ज पुग्ने क्रम पनि बढेको थियो। दर्शक पाएन भनेर प्रदेशमा रहेका अधिकासं सिनेमा हल बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका अन्य हलहरु पनि अस्तव्यस्त छन्।

 

कमेन्ट लोड गर्नुस