सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश स्तरीय रास्ट्रपति रनिङ सिल्डमा कैलाली पहिलो

२०८२ जेठ २६, ०८:४६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय १५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कैलाली पहिलो बनेको छ। कैलालीले ३५ स्वर्ण पदक सहित लगातार चौथो पटक पहिलो स्थान हासिल गरेको हो।

धनगढी रंगशालामा आयोजित प्रतियोगितामा कैलालीले ३५ स्वर्ण, १२ रजत र १० कास्य पदक सहित २५ हजार नगद पुरस्कार तथा ट्रफी र मेडल प्राप्त गरेको छ। कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख आश्रम केसीले कैलाली जिल्ला निरन्तर प्रथम भएर गत बर्षनै सिल्ड पच गरिसकेको बताए।

३ पटक लगातार सिल्ड जितिसके पछि अर्को सिल्ड बनाउनु पर्ने ब्यवस्था अनुसार यो वर्ष अर्को सिल्ड लिन सफल भएको उनले बताए। कैलालीले १२ औं, १३ औं, १४ औं र १५ औं रनिङ सिल्ड प्रतियोगितामा प्रथम हुँदै निरन्तर ४ वटा रनिङ सिल्ड प्रतियोगितामा जितेको छ।

प्रतियोगितामा १७ स्वर्ण सहित कञ्चनपुर जिल्ला दोश्रो भएको छ। कंचनपुरले १२ रजत र ११ कास्य पदक जितेको छ। कञ्चनपुरले नगद १५ हजार पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गरेको छ। यस्तै ७ स्वर्ण सहित बझाङ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ।

बझाङले ४ रजत तथा ११ कास्य पदक जित्दै नगद १० हजार तथा ट्रफी र मेडल प्राप्त गरेको छ। यस्तै चौथो स्थान प्राप्त गर्न सफल बैतडीले ३ स्वर्ण, ६ रजत तथा ७ कास्य पदक पाएको छ। आइतबार  प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालयका सचीव डा. हेमराज रेग्मीले पुरस्कार वितरण गरेका थिए।

कमेन्ट लोड गर्नुस