सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाले टुंग्यायो पार्टी एकता प्रक्रियाका सम्पूर्ण काम

। फोटो स्रोत ।
२०७६ असार ३१, ०९:५९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रियाका सम्पूर्ण काम टुंगो लागेको छ। मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले पार्टी एकताको बाँकी कामलाई टुंगोमा र्पुयाएको हो। अध्यक्षद्वयसँगको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को पनि सहभागिता रहेको थियो।

छलफलमा सहभागी महासचिव विष्णु पौडले पार्टी एकताका सम्पूर्ण बाँकी कामहरु टुंगोमा र दुई अध्यक्षबीच भएको सहमतिलाई चाँडै नै सचिवालय बैठकमा प्रस्तुत गरिने बताए। दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारेलगायतका विषयमा सहमति भएको हो।

नेकपाका अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो एउटा कार्यक्रममा अर्का अध्यक्ष ओली र आफूबीच भएको  सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने बताएका थिए। तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गएको वर्षको जेठ ३ गते पार्टी एकता भएको थियो। पार्टी एकता भए पनि केही कुरा भने टुंगिन बाँकी रहेको थियो।

कमेन्ट लोड गर्नुस