सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरोमा परेर ज्यान जानेको संख्या ६७ पुग्यो

२०७६ असार ३०, ०४:०१

लगातार आएको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट यो समाचार तयार पार्दा सम्म ६७ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा २६ महिला र ४१ जना पुरुष रहेका छन्। 
यस्तै विपदमा परेर ४३ घाइते भएको र ३० जना बेपत्ता भएका छन् भने अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ।

गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपदबाट प्रभावित भएका छन्। बाढी र पहिरोबाट उपत्यकामा ८ जनाको ज्यान गएको छ। ललितपुरमा ५ र काठमाण्डौमा ३ जनाको ज्यान गएको हो। बाढी पहिरो र डुबानमा परेर सबैभन्दा धेरै प्रदेश नम्बर १ मा २० जनाको ज्यान गएको छ। त्यस्तै प्रदेश २ मा १८ र प्रदेश ३ मा १७ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

अविरल वर्षाका कारण भएको मानवीय क्षती तथा उद्दारको विवरण :

कमेन्ट लोड गर्नुस