सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै

२०८२ वैशाख १६, ०९:२१ खबर संवाददाता

धनगढीः कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले विष्टको उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ सरुवा गरेको हो।

उनको ठाउँमा प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणालाई कैलाली प्रहरीको प्रमुखका रुपमा पठाएको छ। राणा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुुसन्धान शाखा बनेपाबाट सरुवा भएका हुन्। करीब १३ महिना कैलाली प्रहरीको प्रमुख भएर काम गरेका विष्टले लागुऔषध दुव्र्यर्शनी, फरार प्रतिवादी पक्राउ, अवैध सामान बरामद लगायतमा रेकर्ड ब्रेक गरेका छन्।

 

कमेन्ट लोड गर्नुस