दुर्गा प्रसाइ र उनका अङ्गरक्षक दीपक खड्का पक्राउ

धनगढी: नोपलप्रहरीले दुर्गा प्रसाइ र उनका अङ्गरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको विवरण सार्वजनिक गरेको छ।
प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यको हस्ताक्षरमा जारी विज्ञप्तिमा प्रसाई र खड्कालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उल्लेख छ।राजाबादिले गरेको आमसभामा प्रहरीले अस्सुग्यास प्रहार गरेपछि घटना हिंसात्मक बन्को हो। प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ। १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेका थिए।
प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पु¥याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन्।
