बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
२०८१ चैत्र २८, ०६:१९
बझाङः बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बुधवार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए।
कमेन्ट लोड गर्नुस