अग्नीपीडितलाई ग्यास सिलिण्डर र चुलो

सुनसरीः सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुका अग्नीपीडित परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ।
लायन्स क्लव इटहरीको सहयोगमा वसन्तुरका १३ अग्नीपीडित परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो। पीडित परिवारलाई सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्की र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले सिलिण्डर र चुलो वितरण गरे। केही दिन अगाडि आगलागी हुँदा १३ परिवारका २९ घर टहरा नष्ट भएका थिए। कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक सुमन तिम्सिनालगायतको उपस्थिति रहेको थियो।


