सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ठूलो वर्षा संगै हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने

। फोटो स्रोत ।
२०७६ असार २६, ०१:०४

मौसम पुर्वानुमान माहाशाखाले देशभर ठूलो वर्षा हुने जनाएको छ। अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन्। बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ। खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ। पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ। तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

भोलि शुक्रबार र पर्सि शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। खोलानाला र पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 

यस्तै मौसम पूर्वानुमान महाशाखाले अबको चौबीस घण्टामा केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाले हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने जनाएको छ। महाशाखाले देशभर मनसुनी वर्षा कायम रहने हुँदा बाढी, पहिरोसँगै सडक र हवाई यातायात अवरुद्ध हुन सक्ने जनाएको हो।
 

कमेन्ट लोड गर्नुस