सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको चासी गाउँ रोएको दिन, पीडित परिवारले अझै राहत पाएनन

२०७६ असार १९, ०४:३६ नवराज पनेरु

२०७५ साल असार १९ गते, डोटीको आदर्श गाउँपालिकाका वडा नम्वर १ गाउँ रोएको दिन, स्थानीय जयेन्द्र खड्काले गाउँमै कुटानी पिसानीका लागि मिल राख्ने र गाउँलेहरुलाई सुबिधा दिने योजना बनाएका थिए। स्थानीय युवाहरु एकै ठाउँमा भेला हुँदा उनको मिल नजिक पोल गाढ्ने योजना बन्यो। नजिकै विद्युत प्रवाह नहुने खाली राखिएको पोल भएकाले सोही पोललाई मिल नजिक गाढ्ने सल्लाह भयो। तर पोल निकाल्दा नजिकै रहेको विद्युत प्रवाह भईरहेको अर्को पोलमा ठोक्कीएपछि ४ जनाको घटनास्थलमै ज्यान गयो। गाउँपालिकाका ३० वर्षीय जयेन्द्र खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्काको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो।

करेन्ट लागेर केही दिन अगाडी मात्रै बैदेशीक रोजगारीबाट घर फर्किएका नारायण खड्का गम्भिर घाईते भएका थिए। उनको उपचारका लागि स्थानीयले सहयोग संकलन समेत गरे तर १८ औँ दिनमा उनले पनि यो संसार छोडे। करेन्ट लागेर घाइते भएका नारायणको उपचारका लागि स्थानीय दिपक बहादुर खड्काको पहलमा नारायण बचाउ अभियान सुरु गरि देश बिदेशबाट ५ लाख आर्थिक सङ्कलन भएको थियो। तीन बर्ष मलेसिया बसेर घर फर्केका नारायणले परिवारसंग राम्ररी दुखसुख साट्न समेत पाएनन्।घटना भन्दा करिब २ बर्ष अघि प्रहरी सेवामा प्रबेश गरेका लोकेन्द्र खड्काको पनि देशको सेवा गर्ने ठुलो धोको असार १९ ले चुडेर लग्यो। मृतक विरेन्द्रका दाईको करिव ७ बर्ष अघि भैंसी चराउने क्रममा भिरबाट ढुङ्गा लागेर मृत्यु भएको थियो। कान्छा छोरोको पनि मृत्यु भएपछि विरेन्द्रका वुवा नयनसिंह खड्कामाथि ठुलो बज्रपात नै आईप¥यो। मृतक दिप खड्का पनि भारतमा रोजगारी गरि परिवार खर्च जोहो गर्दै आएका थिए। उनको मृत्युसंगै उनको परिवार साहारा विहिन भएको छ। 
परिवारले अझै राहत पाएन
घटना भएको एक बर्ष वितिसकेको छ। चाँसी गाउँमा २ पटक छानविन समिति पनि पुगिसकेको छ। तर अहिले सम्म मृतक ५ जनाका परिवारले भने राहत पाएका छैनन्। विद्युत प्राधिकरणले किरिया खर्च बापत प्रत्येक परिवारलाई २५÷२५ हजार र आदर्श गाउँपालिकाले ३०÷३० हजार दिएको थियो। तर विद्युत प्राधिकरणले अहिले सम्म किरिया खर्च बाहेक राहत नै नदिएको स्थानीय समेत रहेका डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले बताए।

यता नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिमले भने घटनाको अहिले पनि छानविन जारी रहेको जनाएको छ। प्राधिकरणका क्षेत्रीय प्रमुख सतिष कर्णले विद्युत प्राधिकरणको केन्द्रले घटनाको अनुसन्धान गरिरहेको बताए। ‘क्षतीपुर्ती र रातहका लागि विद्युतले निश्चित मापदण्ड बनाएको छ,’ उनले भने, ‘विद्युत प्राधिकरणको लापरवाहीले मृत्यु भएको भए मात्रै राहत वितरण हुन्छ, होईन भने राहत दिने व्यवस्था छैन्।

प्रदेश सरकारले चाँसी गाउँ हेप्यो
प्रदेश सरकारले सरकार गठन भएको एक महिना पहिलेदेखि प्राकृतीक प्रकोपमा परि मृत्यु भएका ५२ जना मृतकका परिवाराई १ लाख ५० हजार का दरले राहत दिने निर्णय गरेको छ। २०७४ माघ ५ गतेदेखि २०७६ जेठ २६ गतेसम्म प्राकृतिक विपदमा परी ज्यान गुमाएका ५२ जनाका परिवारले राहत पाउने छन्। तर ५२ परिवारको सुचिमा चासी गाउँका ५ परिवार भने परेका छैनन्।

तर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार करेन्ट लागेर मृत्यु भएको घटना प्राकृतीक प्रकोपको सुचीमा नपर्ने भएकाले उनीहरुलाई राहतको व्यवस्था गर्न नसकिएको हो। सुदूरपश्चिम सरकारले बझाङमा १५, कैलालीमा नौ, बाजुरा र डडेल्धुरामा आठ÷आठ, डोटी र अछाममा चार÷चार, बैतडी र दार्चुलामा दुई÷दुई परिवारलाई डेढ÷डेढ लाख राहत दिने निर्णय गरेको छ।

डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक वहादुर खड्काको सहयोगमा

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस