सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरी स्थगित

२०७६ असार १८, ०३:३३ खबर संवाददाता

बजेट संसदमा प्रस्तुत गरिएपछि छैठौँ पटक बोलाईएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सरकार र प्रतिपक्षी दल बिचको छलफलमा सहमति हुन नसक्दा र सत्तारुढ दलहरुबाट समेत बजेट संसोधनको माग बढ्दै गएपछि आज आह्वान गरिएको बैठक पनि स्थगित भएको हो। 

असार २१ ग्ते सम्मका लागि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए। प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली काँगेस र राष्ट्रिय जनता पार्टी आन्दोलनमा रहेका छन्। पछिल्लो समय सत्तारुढ दलकै सासंदहरुले पनि बजेट संसोधनको माग सहित मुख्यमन्त्रीलाई हस्ताक्षर बुझाएपछि सरकार झनै संकटमा परेको छ। 
 

कमेन्ट लोड गर्नुस