सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी 

२०८१ माघ २६, ११:५१ खबर संवाददाता

काठमाडौंः खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी भएको छ। शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो। बिहान अकास्मात भएको आगलागीमा मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ।

आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ। शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए। पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए।

प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने उनले बताए। दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको बताए। उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए। ठुलो क्षति हुनबाट जोगिएको उनको भनाई छ। अब मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताए। 

कमेन्ट लोड गर्नुस