सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

२०८१ माघ २२, ०४:५९

काठमाडौँः  मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ।

 साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा लामिछानेसहित ३२ जनाविरुद्ध  मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।उनीहरुविरुद्ध ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो । सूचना अधिकारी विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ।

उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

कमेन्ट लोड गर्नुस