अछामका २ घरमा आगलागी

अछामः अछामका २ घरमा आगलागी भएको छ।
जिल्लाको कमलबजार नगरपालिका–६ चडेपानीका भीम बहादुर शाही को कच्चि घरमा शनिवार ११ः५० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ। रातिको समयमा कोठामा ताप्न भनि बालिएको आगोबाट शाहीको घरमा आगलागी भएको जनाइएको् छ। उक्त आगलागीबाट शाहीको ६ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ।
त्यस्तै अछामको मिल्लेख गाउँपालिका–५ सरानीकी रुपा देबी खड्काको कच्चि घरमा आइतवार आगलागी भएको प्रहरीले जनाएको छ। रुपा देवीका १० वर्षीय छोरा रमीत खड्काले चलाएको लाइटरबाट आगलागी भएको जनाइएको छ। उक्त आगलागीबाट खड्काको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।


