सुदूर नेपाललाई विश्वसँग जोड्दै

संखुवासभामा प्रहरी र विप्लव समूहको जम्काभेट भएपछि गोली चल्यो

२०७६ असार १६, १२:२४ खबर संवाददाता

संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच  जम्काभेट भएपछि गोली चलेको छ। जम्काभेटका क्रममा गोली चलेपनि मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुर प्रसाद ज्ञवालीले जिल्लाको सिलिचोङ गाउँपालिका १ मा गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबिच जम्काभेट भएको बताए। तर क्षती भने नभएको प्रदेश प्रहरी प्रमुख ज्ञवालीले जनाए। 

कमेन्ट लोड गर्नुस