सुदूर नेपाललाई विश्वसँग जोड्दै

धान दिवसमा कैलालीमा रोपाइ काब्य गोष्ठीको आयोजना

फाेटाे:रामलाल जाेशी
फाेटाे:रामलाल जाेशी
२०७६ असार १५, ०६:१७

धान दिवसको अवसरमा कैलालीको बनबेहडामा रोपाई काव्य गोष्ठीको आयोजना गरिएको छ। हाम्रो संस्कृती, हाम्रो पहिचार नेपाल संस्थाले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बनबेहडामा रोपाई काव्य गोष्ठीको आयोजना गरेको हो। संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले पहाडमा मनाउँदै आएको असारे संस्कृतीलाई जोगाई राख्न काव्य गोष्ठीको आयोजना गरिएको बताए।


उनले काव्य गोष्ठीमा चाँचरी लगायतका सुदूरपश्चिमका मौलिक गीत गाईएको र कविता बाचन समेत भएको बताए। कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कमल शर्मा, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, विणा विद्यालयका विद्यार्थी, कवि र कलाकारहरु तथा स्थानीयको सहभागिता रहेको थियो। 
कमेन्ट लोड गर्नुस