सुदूर नेपाललाई विश्वसँग जोड्दै

आशिका तामाङ धरौटीमा रिहा भए लगत्तै पक्राउ

२०८१ माघ १४, ०६:००

काठमाडौंः आशिका तामाङ धरौटीमा रिहा भए लगतै फेरि पक्राउ परेकी छिन्।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङलाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको छ। उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज १० हजार धरौटी बुझाएर रिहा भएकी हुन्। लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो। उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्। पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन्। भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरी स्रोतले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस